सहायक प्रशिक्षकका लागि क्षमता अभिबृद्धि तालिम सुरु

16.5k Shares

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा क्षमता अभिबृद्धि तालिम आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । 

राखेपका सदस्यसचिव टंकलाल घिसिङले तालिमको उद्घाटन गरे । उक्त तालिममा राखेपमा कार्यरत विभिन्न खेलका सहायक प्रशिक्षक र तीन विभागीय टोलीका प्रशिक्षक गरी ४० जनाको सहभागिता रहेको छ ।    

 उनीहरुलाई सुशिलनरसिंह राणा, हिमालराज दाहाल, डा. नवीसमान प्रधान, सञ्जय महर्जन, राजेन्द्ररत्न तुलाधर, लक्ष्मण अधिकारी र रितामैया प्रजापतिले प्रशिक्षण दिनेछन् । शनिबारसम्म चल्ने उक्त तालिमका क्रममा २१ वटा कक्षा सञ्चालन गरिने राखेपले जनाएको छ ।

सम्बन्धित समाचार