22.6k
Shares
काठमाडौं– अभिनेता राजबल्लभ कोइराला पछिल्लो पटक फिल्म फिल्म ‘हाइवे टू धम्पुस’को छायांकनका लागि अमेरिका उडे। नेपाली फिल्म क्षेत्रमा चर्चाको केन्द्रमा रहेका उनी त्यसपछि अमेरिकामै रहे। उनलाई नेपाली दर्शकहरूले बिर्सन भने छाडेनन्।
राजबल्लभले सामाजिक सञ्जालमा तस्वीर पोस्ट्याउँदा प्रशंसकहरूको प्रश्न हुन्थ्यो, ‘अब नेपाली फिल्ममा कहिले फर्किनुहुन्छ?’
यसपटकचाहिँ राजबल्लभसँग यो प्रश्नको जवाफ जुटेको छ। उनी ‘एक्टर’बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन्।
यो फिल्ममा अभिनेता प्रदीप खड्का र राजबल्लभको प्रमुख भूमिका रहनेछ।