स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोना र रियल मड्रिड आमने-सामने

15.9k Shares

काठमाडौं- स्पेनिस सुपर कपको फाइनलमा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिड आमने-सामने हुने भएका छन्। उपाधिका लागि आइतबार बार्सिलोना र रियलबीच प्रतिस्पर्धा हुनेछ।

बिहीबार राति बार्सिलोनाले ओसासुनालाई २-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। रियल यसअघि नै एथ्लेटिको मड्रिडलाई ५-३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ।

बिहीबार साउदीमा भएको सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा इल्की गुन्डोगानको पासमा रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफमा बार्सिलोनालाई अग्रता दिलाएका थिए। लेवान्डोस्कीले ५९औं मिनेटमा दुई डिफेन्डरको बीचबाट पहिलो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो।

खेलमा बार्सिलोनाले इन्जुरी समयमा अग्रता दोब्बर बनायो। जयो फेलिक्सको पासलाई यामलले गोल गर्दै ओसासुनामाथि जित निश्चित गरे।

सम्बन्धित समाचार