स्वस्तिमाको फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज

21k Shares

काठमाडौं । समीक्षात्मक रुपमा रुचाइएको फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दर्शकले नेपाली ओटीटी एप ‘भिडियो पसल’मा हेर्न सक्नेछन् ।

अहिलेका लागि दर्शकले नेपालभन्दा बाहिरबाट मात्र हेर्न पाउने सुविधा छ । कोरोनाकालमा छायांकन भएको फिल्मले विदेशबाट ल्याइएको शवलाई लकडाउनको समयमा सुदूरपश्चिम लैजान गर्ने संघर्षको कथा पेश गर्छ ।विदेशमा बस्ने धेरै नेपाली दर्शक माझ नपुगेको हुनाले फिल्मको माग उच्च रहेको भिडियो पसलकी संस्थापक नेहा कार्की बताउँछिन् । नयाँ वर्ष २०२४ को अवसरमा फिल्म रिलिज गरिएको हो ।

यो फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । डीएस डिजिटलले फिल्म निर्माण गरेको हो । २०१७ देखि सञ्चालनमा रहेको यो नेपाली ओटीटी प्लाटफर्ममा ‘छक्कापञ्जा ४’ र ’झिङ्गेदाउ’ लगायतका फिल्म रिलिज भइसकेका छन् ।

सम्बन्धित समाचार