पारिवारिक उतारचढावले केही समय फिल्मबाट बाहिरिएकी वर्षा ‘काजी’ मार्फत फर्किने तयारीमा

17.2k Shares

काठमाडौँ ।अभिनेत्री वर्षा सिवाकोटी अहिले फिल्म ‘काजी’ अभिनयको तयारीमा छिन् । फिल्मको माघबाट छायाङ्कन सुरु हुँदै छ । केही अगाडिसम्म उनको हातमा कुनै पनि नयाँ फिल्म थिएन । अहिले भने केही फिल्म छन् । जसको स्क्रिप्ट अध्ययनको क्रममा छिन् । 

वर्षाको एक समय धेरै फिल्म आएको थियो । पछिल्लो समय उनको फिल्म कमी छ ।  पारिवारिक उतारचढावमा उनी केही समय फिल्मबाट बाहिर रहिन् । अव भने लगातार फिल्म अभिनय गर्ने उनको उनको तयारी देखिन्छ ।

काजी लक्ष्मण रिजालले निर्देशन गर्न लागेको फिल्म हो । विपिन कार्कीको पनि मुख्य भूमिका रहने फिल्मको छायाङ्कन माघबाट हुने बताइन्छ । 

सम्बन्धित समाचार