विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा उठ्नु महत्वपूर्णः उप्रेती

18.8k Shares

काठमाडौँ – जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले विश्व जलवायु क्षेत्रमा पर्वतीय क्षेत्रको मुद्दा उठ्नु सकारात्मक भएको बताएका छन्। बुधवार न्युज एजेन्सी नेपालले आयोजना गरेको विश्व जलवायु सम्मेलन (कोप २८) को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा उनले कोप २८ मा पहिलो हप्तामा अधिकांश सहमति जुट्न नसके पनि मन्त्रीस्तरीय बैठकबाट भने अधिकांश मुद्दा सहमित भएको बताए। पर्वतीय मुद्दा, हिमाल र हिउँ पग्लिने मुद्दाले विशेष स्थान पाउनु र यसबारे जिएस्टीको रिपोर्टमै टेक्स्ट भएर आउनुले पर्वतीय मुद्दाको विषय पेचिलो बनेको बताए।

उनले पर्वतीय मुद्दाले विशेष स्थान पाउनुमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र नेपालको तर्फबाट उठाइएको विषय प्रमुख कारण रहेको बताए। उप्रेतीले कोप २८ मा २०१० मा भएको सम्झौताअनुसार विकासोन्मुख देशलाई सय बिलियन अमेरिकी डलर बराबरको रकम दिन नसकेकामा दुःख व्यक्त गरेको कुरा महत्वपूर्ण रहेको बताए।

उनले १ सय ५६ देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, ७ सय ६० मन्त्री, ५ सय मेयर, ५० हजार विद्यार्थी र २ सय देशका नेगोसिएटरको प्रतिनिधित्व गर्दै एक लाख जना सहभागी भएको ब्लु जोन र ५ लाख जना सहभागी भएको ग्रिन जोन कोप २८ को महत्वपूर्ण विषय बनेको बताए।उनले विश्व जलवायुको आक्रान्तलाई सबैले स्वीकार गर्नु नै महत्वपूर्ण रहेको बताए। उप्रेतीले कोप २८ सम्मेलनबाट २०२५ देखि २०३० सम्म आफ्नो अनुकूलनको योजना बुझाउनुपर्ने सहमति भएको बताए।

सम्बन्धित समाचार