रुसी बन्दरगाहमा युक्रेनी आक्रमण, युद्धपोतमा क्षति

18k Shares

काठमाडौं । रुसले ब्ल्याक सी (काला सागर) बन्दरगाहमा युक्रेनी आक्रमणमा परेर आफ्नो एउटा युद्धपोत क्षतिग्रस्त भएको पुष्टि गरेको छ ।

रुसले नियन्त्रणमा ल्याएको क्रिमियाको फिओडोसियामा मंगलबार बिहानै हवाई आक्रमण भएको बताइएको छ ।

रुसको रक्षा मन्त्रालयले अवतरण गराउन सक्षम ठूलो जहाज नोभोचेरकास्कलाई लक्षित मिसाइल बोकेको युक्रेनी विमानले प्रहार गरेको जनाएको छ।

रुसको पुष्टि अघि नै युक्रेनी वायुसेनाले आफ्ना लडाकु विमानले जहाजलाई ध्वस्त पारेको बताएका थिए ।

आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र अरु कैयौं घाइते भएको बताइएको छ ।

सम्बन्धित समाचार