मेरो माइक्रोफाइनान्स लघुवित्तले लाभांश नबाँड्ने

17.7k Shares

काठमाडौँ - मेरो माइक्रोफाइनान्स लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

पुस ५ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । बैंकले आव २०७८/७९ मा पनि २० प्रतिशत तथा आव २०७७/७८ मा २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार