राष्ट्रपति पौडेल आज विराटनगर जाँदै

21k Shares

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाँदै छन्। 

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

राष्ट्रपति बिहान ११ वजे विराटनगर पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

विराटनगरस्थित होटल सिटी व्यालेसमा केही समे भेटघाट गर्ने कार्यसूचीसमेत रहेको छ। यस्तै कार्यक्रम समापनपछि आजै पौडेल काठमाडौं फर्किनेछन्।

सम्बन्धित समाचार