19.7k
Shares
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रित भएर मात्र अब ‘प्रिन्टेड मिडिया’ सञ्चालन हुन नसक्ने बताएकी छन् । आइतबार काठमाडौंमा दी राइजिङ नेपालको ५८औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
‘न्युज बेस’ भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा विशेष विषयवस्तुको ‘लिडिङ’ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको उनले औँल्याइन् । उनले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेकामा जोड दिइन् ।
मन्त्री शर्माले सरकारले गरेका निर्णयहरू जनतासम्म पुर्याउने काम पनि सञ्चारमाध्यमको भएको बताइन् ।