सशस्त्र प्रहरीकै मिलेमतोमा व्यापक तस्करी

22.9k Shares

सर्लाही। सर्लाहीको नेपालभारत सीमा वारपार व्यापक मात्रामा तस्करी फस्टाएको छ। सशस्त्र प्रहरी सर्लाहीको मिलेमतोमा सर्लाहीमा सीमा वारपार तस्करी फस्टाएको हो।सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टहरुको मिलोमतो र सर्लाही सशस्त्र प्रहरी बलका प्रमुखकै संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको छ। सशस्त्र प्रहरीकै संलग्नतामा दैनिक लाखौको तस्करी भइरहेको छ।

सशस्त्र प्रहरी बल छतौना बेसका इन्चार्ज सशस्त्रप्रहरी निरीक्षक तथा बलरा उधोरण अर्नाहाका इन्चार्जको मिलेमतोमा सर्लाहीको नाकाबाट तस्करी फस्टाएको हो।सर्लाहीको बलरा, फेनहरा, अर्नाहा, मधुवनी, त्रिभुवननगर, बहादुरपुर लगातको नाकाबाट दैनिक लाखौँको मालसामान खुलेआम नेपालतिर तस्करी भइरहेको छ। भारतबाट नेपालतिर कपडा, तेल, चिनी, मेसिनरी पार्टस लगायतका सामग्री तस्करी हुने गरेको छ। 

लामो समयसम्म एउटै युनिटमा इन्चार्ज भएर बसेका सशस्त्र प्रहरी निरीक्षकहरुको नेपाल र भारत दुवै तिरका तस्करहरु सित उठबस हुने गरेको पाइएको छ। सर्लाहीका स्थानीय तस्करहरु राम ईश्वर यादव, प्रभन्स साह कलावर, नागेन्द्र महतोसित सशस्त्र प्रहरी बलका इन्चार्जहरुको मिलोमतो रहेको छ। मासिक लाखौँ रुपैयाँ सशस्त्र प्रहरीलाई बुझाएर सर्लाहीका तस्करहरुले खुलेआम तस्करी गरिरहेका छन्।

सर्लाहीको बलरा नाकाबाट प्रभन्स साह, हिरालाल साह, रामेश्वर यादव, नागेन्द्र महतोले कपडाको कारोबार गर्ने गरेका छन् । यसै गरी बलाको उधोरण अर्नाहा नाकाबाट रोशनयादव र ममता बैठाको महिलाको समूहका साथै फेनहारा नाकाबाट सरोज यादव, लखिन्दर यादव, सुरेश यादवले पनि कपडाकै तस्करी गर्ने गरेका छन्।सशस्त्र प्रहरीको संलग्नतामा नेपाल भारत सीमामा सर्लाही नाका भएर व्यापक मात्रामा तस्करी भइरहेको बारे सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रमुख एसपि भरत खनियालाई बुझ्दा तस्करी बारे अनभिज्ञता प्रकट गर्दै आफ्नो कुनै संलग्नता नरहेको बताए ।तस्करहरुले सर्लाहीको बलरा र अर्नाहा नाका भएर तस्करीको माल समान बरहथवा बजार सम्म ओसार पसार गर्दा नेपाल प्रहरीको बलरा, अर्नाहा, गडहिया डुमरिया हरकठवा र इप्रका बरहथवाको एसरियामा समेत स्थानीय सुरक्षाकर्मीलाइ मिलाएर तस्करीको माल समान निर्वाध रुपमा ढुवानी गरिरहेका छन्।

सम्बन्धित समाचार