एनसेलको ८० प्रतिशत शेयर खरिद विक्री प्रकरण : मुद्दा न्यायाधीश माथेमाको इजलासमा

17k Shares

काठमाडौं– निजी क्षेत्रको दुरप्रदायक संस्था एनसेलको ८० प्रतिशत शेयर खरिद विक्रीको विवादसम्बन्धी रिटको पेसी न्यायाधीश शुष्मालता माथेमाको इजलासमा तोकिएको छ।

स्वतन्त्र सासद अमरेशकुमार सिंहले दायर गरेको मुद्दाको पेसी छैटौंपटक तोकिएको हो। यसअघि पाँच पटक उक्त मुद्दा पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको थियो। एक सातादेखि यो मुद्दा एकपछि अर्को इजलासमा पेसी पर्ने अनि सुनुवाइ नहुने हुँदै आएको छ। 

आजियाटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको सेयर करिब ६ अर्ब ६५ करोड (५ करोड अमेरिकी डलर)मा बिक्री गर्ने सम्झौता गरेपछि विवादित हुँदै आएको छ।

बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आजियाटाको ८० प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेको हो। यो विषयमा सरकारले छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।

सम्बन्धित समाचार