तनहुँमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

16.5k Shares

काठमाडौं । तनहुँमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–७, सेराडी बस्ने ७३ वर्षीय रनबहादुर सारू रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

सम्बन्धित समाचार