भक्तपुरमा तीन आमाछोरी अचेत अवस्थामा फेला, एकको मृत्यु

20.1k Shares

काठमाडौं, बैशाख २१  । भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन् । तीमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार राति काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भई हाल सुर्यबिनायक नगरपालिका १० मिलनचोकमा डेरा गरी बस्ने तीनजना अचेत फेला परेका थिए । तीमध्ये २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको छ। उनकी आमा ४० वर्षीया शान्तीमाया तामाङ र १८ वर्षीया छोरी अनिता तामाङ बेहास् छन् । उनीहरुको उपचार भइरहेको छ ।
सो घट्नाबारे खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले कोठाको सम्पूर्ण झ्याल, ढोका भित्रबाट बन्द रहेको अवस्थामा फेला पारेको हो । स्थानीयको सहयोगमा झ्याल ढोकाको चुकुल फोडी हेर्दा मुखबाट फिज काटी बेहोस अवस्थामा फेला परेका थिए ।
तत्काल उपचारको लागी मध्यपुर अस्पताल ठिमी भक्तपुर लगिएकोमा उपचारकै क्रममा राति १२ बजे अनिताको मृत्यु भएको हो । कोठामा बालेको कोइला रहेको, कोठा सम्पूर्ण झ्याल ढोका भित्रबाट बन्द रहेकाले अक्सिजन अभावका कारण ज्यान गएको आशंका गरिएको छ । मृतकको रगत र भिसेरा समेत निकाली परीक्षणका लागी पठाउने तयारी भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
घटनामा बेहोस भएका २ जनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर राम्ररी बोल्न सक्ने अवस्थामा भने रहेको अस्पतालले प्रहरीलाई जानकारी दिएको छ ।

 

सम्बन्धित समाचार