सुनचाँदीको भाउ सामान्य घट्यो

4.4k Shares

काठमाण्डौ – सुनचाँदीको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँ थियो ।

यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलाको चार हजार चार सय रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको चार हजार चार सय २० रुपैयाँ थियो ।

सम्बन्धित समाचार