20.2k
Shares
इलाम– इलाममा १ जना पुरुष गोली लागेको अवस्थामा मृत फेला परेका छन्। जिल्लाको फाकफोकथुम गाउँपालिका–७ का ५५ वर्षीय मनबहादुर लिम्बू गोली लागेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरीका अनुसार फाकफोकथुम–७ मा दौलत लिम्बूको घरको पश्चिमतिर लिम्बूको शव भेटिएको हो। भरुवा बन्दुकको गोली छातीमा लागे जस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएको प्रहरी नायव निरीक्षक (सई) प्रकाश जबेगूले बताए।
लिम्बूको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका सन्दर्भमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ।