18.7k
Shares
काठमाडौँ । पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी पुगेको छ । प्रसाईंले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषामा अध्यक्ष ३० वर्षीया रोषनकुमार यादवले जाहेरी दिएको छन् ।
कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईं अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो ।