पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

16.3k Shares

बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने  ३ जना घाइते भएका छन् । पाल्पाको  निस्दि गाउँपालिका ७ स्थित टिपर ब्रेक फेल भई दुर्घटना हुँदा पाल्पाको पूर्वखोला गाउँपालिका २ बस्ने १९ वर्षकी दिलकुमारी आलेको घटनास्थलमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनामा पाल्पाको  निस्दि  गाउँपालिका वार्ड ७ की २५ वर्षकी हिमाली आले, चालक मकवानपुर जिल्ला मनोहरी  गाउँपालिका ९ बस्ने २६ वर्षीय अञ्जन सुनार र सहचालक मकवानपुर हेटौँडा नगरपालिका ९ बस्ने २४ वर्षीय आशिष सुनार घाइते भएका छन् ।

 
सम्बन्धित समाचार