भारतद्वारा १० करोड भारतीय रूपैयाँ बराबरको ११ टन राहत सामग्री

16k Shares

काठमाडौं– भारतले कर्णाली प्रदेशका भूकम्प प्रभावितहरूका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री प्रदान गरेको छ। 

आइतबार भारतीय वायुसेनाको विशेष विमानबाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको हो।

आइतबार नै भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरे।

आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेका छन्।

सम्बन्धित समाचार