प्याजको मूल्य वृद्धि हुने

16.4k Shares

काठमाडौँ, कार्तिक १० । नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ । भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो ।

 भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको छ । नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ । 

कालीमाटी बजारमा मात्रै औसतमा दैनिक ९० देखि एक सय टन ब्याज भारतबाट आयात गरिन्छ । भारतमा प्याजको मूल्य वृद्धि भए लगत्तै बजारमा कालोबजारीसमेत हुन सक्ने पौडेलको अनुमान छ ।

सम्बन्धित समाचार