दुर्गा प्रसाईंकाे प्रदर्शन सिफल चाैरमा

17.9k Shares

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले शनिबार काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गरेकाे छ।काठमाडौं जिल्ला प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न नदिएपछि प्रसाईंले सिफल चाैरमा कार्यक्रम गरेकाे हाे।प्रसाईंकाे कार्यक्रममा सहभागी हुन देशका विभिन्न जिल्लाबाट सर्वसाधारण आएका छन्। सर्वसाधारणमा पनि विशेषगरी लघुवित्त पीडितहरू छन्।

अभियानले काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ प्रदर्शनस्थलबारे छलफल गरेकाे थियाे। दुई पक्षबीच आन्दोलन शान्तिपूर्ण तवरले गर्ने सहमति पनि भएकाे थियाे।प्रसाईंकाे अभियानले बिहीबारबाट काठमाडौं उपत्यकामा प्रदर्शन थालनी गरेकाे हाे। पहिलाे दिन बल्खुमा आयाेजना गरिएकाे कार्यक्रम निकै तनावपूर्ण भएकाे थियाे।जिल्ला प्रशासन कार्यालयले शुक्रबार भने सुरक्षा चुनाैती देखाउँदै तीनकुनेमा प्रसाईंलाई कार्यक्रम गर्न दिएकाे थिएन।

 
सम्बन्धित समाचार