20k
Shares
काठमाडौं– त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गतको फाइनल खेल आज हुँदैछ। नेपाल, हङकङ र यूएई सम्मिलित प्रतियोगिताको फाइनल खेल आज हुने भएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि नेपाल र यूएई भिड्दैछन्। खेल स्थानीय समयअनुसार बिहान ११ बजेदेखि सुरु हुनेछ।
हङकङ र यूएईलाई दुई/दुई खेलमा हराएर अविजित बन्दै नेपाल फाइनलमा पुगेको थियो। यता यूएई एक खेलमा जित र एक खेलमा हार व्यहोरे पनि नेट रनरेटका आधारमा फाइनलमा पुगेको हो। यूएईसँगको पछिल्लो खेलमा नेपालले पाँच विकेटले हराएको थियो।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुन लागेको टी–२० विश्वकप एसिया क्षेत्र छनोट तयारीका लागि उक्त सिरिजको आयोजना गरेको हो।