18.5k
Shares
काठमाडौं । भाटभटेनी सुपरमार्केटले पछिल्लो समय बजारमा चिनीको अभाव रहेका समयमा आफूहरूले ग्राहकलाई समस्या पर्ने गरी कुनै निर्णय नगरेको प्रष्ट पारे । सुपरमार्केटका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले भाटभटेनीमा चिनी किन्न अन्य सामग्री खरिद गर्नैपर्ने बाध्यात्मक अवस्था नरहेको प्रष्ट पारेका हुन् ।
“कतिपयले चिनी किन्न अन्य सामग्री खरिद गर्नैपर्ने भनेको सुनियो, जुन सही होइन । हामीकहाँ स्टक रहेसम्म चिनी खरिदका लागि कुनै समस्या पर्नेछैन,” उनले भने । उनका अनुसार प्रतिव्यक्ति दुई किलो चिनी खरिद गर्न पाइनेछ ।