19.4k
Shares
पोखरा । गण्डकीमा नयाँ सरकार बनाउने विषयमा बिहीबार बिहान बसेको माओवादी र कांग्रेस संसदीय दलको बैठक भर्खरै सकिएको छ । दुई दलको बैठकमा मन्त्रालय बाँडफाँटको कुरा हुने भनिएता पनि यो विषयलाई थाती राखेर आजै अविश्वासको प्रस्ताव दर्ता गर्नेमा सहमति जुटेको छ ।
संयुक्त बैठकबाट बाहिरिएपछि माओवादी केन्द्रको संसदीय दलको छुट्टै बैठक बस्ने र अविश्वास प्रस्तावको लागि हस्ताक्षर संकल्न गर्ने निर्णय भएको छ । "अब दलको बैठक बस्छौँ र हस्ताक्षर संकलन गर्छौँ," सांसद दीपक कोइरालाले भने । उनका अनुसार मन्त्रालय र राजनीतिक भागबन्डा विषय हाललाई थाती राखिएको छ । माओवादीपछि अब जनता समाजवादी पार्टीसङ्ग कांग्रेसले वार्ता गर्नेछ ।