ईटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

20.4k Shares

सुनसरी । ईटहरीमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  इटहरी उपमहानगरपालिका-३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार धनकुटा घर भएका २६ वर्षीय दीपक मिरिङचिङ मगरको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार