अरुण काबेलीको २० लाख १४ हजार कित्ता सेयर लिलामीमा आउने

20.5k Shares

काठमाडौ, २२ असोज । अरुण काबेली पावर कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयर शुक्रबार (असोज १९ गते) बाँडफाँट भएको छ ।

यस कम्पनीले १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६५ लाख ३७ हजार २८८ कित्ताका लागि मात्र आवेदन परेको छ । 

यसआधारमा २० लाख १४ हजार ८१७ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अरुण काबेलीले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले भदौ ११ देखि ३१ गतेसम्म १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सम्बन्धित समाचार