20.3k
Shares
काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् । सन्दीपविरुद्ध लागेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबार स्थगित भएको थियो ।
त्यसपछि उनी एसियाली खेलकुदमा सहभागी हुन चीन जाने अनुमान गरिएको थियो । उनले भने मानसिक तनावका कारण आफू चीन नजाने बताएका थिए । नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित पदाधिकारीहरूले सम्झाएपछि उनी चीन जान तयार भएका हुन् । त्यसपछि मंगलबार उनी एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरेका हुन् ।