23.4k
Shares
काठमाडौँ । काठमाडौँ रविभवन अवस्थित 'आमाघर' वृद्धाआश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । असोज ५ गते शुक्रबार स्व.लक्ष्मण शाक्यको सम्झनामा बुहारी शान्ती मानन्धलरले आयोजना गरेको कार्यक्रममा ३० भन्दाबढी आश्रित बृद्धबृद्धालाई खाना खुवाइएको थियो ।
विहान १० बजे आयोजना गरिएको उक्त कार्यक्रममा स्व.लम्मण शाक्यको दुई बर्षको पून्य तिथीमा बुहारी मानन्धरले स.परिवार सहित उपस्थित भई आमा बुबाहरुलाई खाना खुवाउन भएको हो ।
आमाघरमा बसोबास गर्ने ३० भनदा बढी आमा बुबाहरुलाई खाना खुवाउँदा आफुलाई निकै खुशी लागेको मानन्धरले बतानुभयो । शान्ती मानन्धरले समयसापेक्ष आमाघरमा संरक्षित आमाहरुलाई खाना खुवाउँदै आइरहनुभएको छ ।









