काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देश हाँक्ने संकल्पको अभाव भएको बताएका छन् । शुक्रबार पार्टी निकट पार्टी निकट उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले देश बनाउने भन्दा पनि सत्तामा पुग्ने भावना तलदेखिमाथि सम्म नै व्यक्त भएकाले देशको अवस्था विग्रदै गएको बताए ।
‘देश हाँक्ने र बनाउने संकल्पको अभाव छ । देश बनाउने भावना जति मात्रमा हुनुपर्ने थियो त्यसको अभाव छ’, उनले भने, ‘कसैगरी सत्तामा पुगौं र आफ्नो लाभमा प्रयोग गरौ भन्ने छ ।’ नेपालले यसको असर केन्द्रमा मात्रै होइन नभएर प्रदेश र स्थानीय तहमा समेत परेको बताए । ‘त्यसैले राजनीतिक नेता र पार्टीले हामीमा भएका कमीकमजोरीलाई मनन गर्नुपर्छ’, उनले आफैसँग प्रश्न गर्नुपर्ने भन्दै भने, ‘ती कमीकमजोरीप्रति हामी गम्भीर छौ कि छैनौ ?’
अध्यक्ष नेपालले गठबन्धन सरकारमा विभिन्न अनुभव गरेका नेताहरु रहेको भन्दै देशको समस्याको समाधान कम्युनिस्ट पार्टीले नै दिन सक्ने बताए ।