२०० रुपैयाँले बढ्याे सुनकाे भाउ

22.3k Shares

काठमाडौ, १ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा साेमबार पनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले साेमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

सुनको मूल्य आइतबार तोलामा ५०० रुपैयाँले बढेको थियो । आज २०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।


आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो ।


 यस्तै, साेमबार चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । साेमबार चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । ५ रुपैयाँले बढेपछि  आइतबार चाँदीको कारोबार मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

सम्बन्धित समाचार