'नियमित दन्तपरीक्षणलाई व्यवहारमा उतार्नुहोस्' - डा. अनिमा शाक्य

36.5k Shares

ललितपुर । दाँत र मुख मानव स्वास्थ्यको महत्वपूर्ण अंग हो । स्वस्थ दाँतहरू नै सुन्दर मुस्कानको आधार हो जसले हाम्रो व्यक्तिगत आकर्षण बढाउँदछ । नेपाल मेडिकल काउन्सिलको तथ्यांक अनुसार नेपालमा दन्त चिकित्सा सेवा तर्फका ५ हजार १५४ डाक्टर दर्ता छन्। दन्त चिकित्सा सेवामा तर्फ स्नातक तह (बिडएस) अध्ययन गरेका ४ हजार ४१३ र स्नातकोत्तर तह एमडिएस वा सो भन्दा माथी अध्ययन गरेका ७४१ जना चिकित्सक रहेका छन्।

स्नातकोत्तर तहमा १३ विधाका दन्त रोग विशेषज्ञहरु काउन्सिलमा दर्ता छन्। जसमा एमडिएसमा २३१, कम्युनिटी डेन्टिस्ट्रीमा ६, कन्जरभेटिभ डेन्टिस्ट्री एन्ड इन्डोडोन्टिक्समा ६६, ओरल एण्ड म्याक्जिलोफेसियल सर्जरीमा ८८, ओरल मेडिसिन एण्ड रेडियोलोजी १२, ओरल प्याथोलोजीमा १५, ओरल साइन्समा २, अर्थोडोन्टिक्समा १३२, पेडोडोन्टिक्समा ३३, पेरियोडोन्टिक्समा ५८, प्रोस्थोडोन्टिक्समा ९१, पब्लिक हेल्थ डेन्टिस्ट्रीमा ६ र फरेन्सिक ओडोन्टोलोजीमा एकजना विशेषज्ञ चिकित्सक रहेका छन्।

यस्तैमा डा. अनिमा शाक्य एक अनुभवी दन्त चिकित्सक हुन् । शाक्यले विभिन्न दन्त समस्याहरूको उचित चिकित्सा सेवा प्रदान गर्दै आइरहनुभएको छ । वहाँ अहिले ओरल डेन्टल कियर, लगनखेलमा दन्त चिकित्सकको रुपमा कार्यरत हुनुहुन्छ । वहाँले विभिन्न दन्त समस्याहरूको उचित उपचार सेवा प्रदान गर्दै अहोरात खटी रहनुभएको छ । शाक्यले दिदै आएको सेवाहरु जस्तै दाँत सफा गर्ने, किराले खाएको, दाँतहरु भर्ने, दाँतको जरादेखि उपचार गर्ने, काम नलाग्ने दाँत झिक्ने, बच्चाहरुको दाँत सम्बन्धि सम्पूर्ण उपचार, नक्कली दाँत लगाउने आदि छन् । शाक्यले सफल उपचारका साथसाथै बिरामीहरुलाई उचित परामर्श दिने तथा दाँत र मुखलाई कसरी स्वस्थ राख्ने र दाँत र मुख सम्बन्धि विभिन्न रोगहरुबाट कसरी बच्ने र बचाउने भन्नेबारे उचित परामर्श दिदै आउनुभएको छ । 

दाँतका समस्या र रोकथामका उपाय

-दैनिक दुईपटक (खानापश्चात्) दाँत माझ्ने । 
-नरम ब्रस र केराउ आकारको फ्लोेराइड भएको दन्तमञ्जन प्रयोग गर्ने ।
-दाँत माझेपछि मुख कुल्ला नगर्ने । डेन्टल फ्लसको प्रयोग गर्ने ।
-खानेकुरामा नियन्त्रण गर्ने । धेरै गुलियो, अमिलो, तातो, चिसो चिज नखाने ।
-नियमित दन्तपरीक्षणलाई व्यवहारमा उतार्ने ।

received_330403726098623 (1).jpeg

सम्बन्धित समाचार