धरानका उपमेयरका भाइमाथि खुकुरी प्रहार

19k Shares

विराटनगर, २६ भदौ । धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाका भाइमाथि खुकुरी प्रहार भएको छ। धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको हो।

विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाले घरमै आएर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ।

धरान १५ मा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर युवाहरूको समूहले भाइ विष्णुमाथि खुकुरी प्रहार गरेका थिए।

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित समाचार