वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठग्ने युवती पक्राउ

21k Shares

काठमाडौँ । वैदेशिक रोजगारीमा अल्वानिया पठाइदिने भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।  झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ०४ स्थायी घर भई हाल सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।  

उनले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाइदिने भन्दै दुई लाख बहत्तर हजार रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको थियो । 

सम्बन्धित समाचार