काठमाडौं, ८ चैत । काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा आज एक व्यक्तिको ढुङ्गाले हानेर हत्या गरिएको छ ।
कलङ्कीमा सडकपेटीमा सुतिरहेका एक ५५ वर्षीय पुरुषको हत्या भएको हो । कलङ्कीस्थित थापागाउँमा बिहान अपरिचित व्यक्तिले ढुङ्गाले हिर्काउँदा चौधरी थरका पुरुषको उपचारको क्रममा शहीद अस्पतालमा मृत्यु भएको हो ।
हत्या आरोपमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।
अपराध महाशाखा परिसर काठमाडौं र प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले थापालाई ढुंगेअड्डाबाट पक्राउ गरेको हो । कङ्ककी क्षेत्रमा मजदुरी गरेर खाइ हिंड्ने चौधरीको टाउकोमा चोट लागेको छ । उनको शव शहीद अस्पताल कलङ्कीमा छ ।
थापाले ढुंगाले हिर्काएर चौधरीको हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् । आइतबार विहान साढे २ बजे सडक पेटीमा सुतिरहेका चौधरीलाई आरोपीले ढुङ्गाले हिर्काएर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।