क्योकुसिन सेईसिन काइकान कराते बेल्ट टेष्ट सम्पन्न

20.4k Shares

ललितपुर । गोदावरी नगतपालिकाको चापागाउँमा क्योकुसिन सेईसिन काइकान करातेको आज बेल्ट टेष्ट कार्यक्रम सप्पन्न भएको छ । 
उक्त बेल्ट टेष्ट ८६ जना खेलाडीहरुले बेल्ट टेष्ट गरेका थिए । सो बेल्ट टेष्ट क्योकुसिन सेईसिन काइकान करातेका केन्द्रिय सचिब तथा ललितपुर जिल्ला अध्यक्ष चौथो डान हिराकाजी देशारले बेल्ट टेष्ट गराएका थिए । सो बेल्ट टेष्ट ग्रीन बेल्ट तर्फ १ जना, एलो बेल्ट तर्फ १ जना, अरेन्ज बेल्ट तर्फ ४३ जना र ह्वाईट बेल्ट तर्फ ४१ जना गरी ८६ जनाले बेल्ट टेष्ट गरेका थिए । 
क्योकुसिन प्रशिक्षक हिराकाजी देशारले ललितपुरको विभिन्न ठाउँमा क्योकुसिन सेईसिन काइकान कराते  डोजो संचालन गर्दै आई रहेका छन् । प्रशिक्षक देशारले खेलकुदको माध्यमबाट गलत बाटोमा लागेका युवाहरुलाई खेलकुदको माध्यममार्फत्  राष्ट्रको लागि खेलकुद स्वास्थको लागि खेलकुद भन्ने नारालाई औलाउँदै आई रहेका थिए ।

hira 1.jpg
गोदावरी नगरपालिका वडा नम्बर ११ निवासी प्रशिक्षक देशार २०४९ सालदेखि निरन्तर खेलकुदमा आवद्ध हँुदै आईरहेका छन् । उनि क्योकुसिन सेईसिन काइकान करातेका अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् ।
सो बेल्ट टेष्ट कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राष्ट्रिय खेलकुद परिषद् पुर्ब कोषाध्यक्ष खेलकुद जगतका हस्तिको रुपमा परिचित मीनकृष्ण महर्जन, बाणिबिलास मा.बि.का प्राधानाध्यापक प्रबिन प्रकास श्रेष्ठ, उदय खड्ग मा.बि. का प्रदानाध्यापक हरी प्रशाद काफ्ले, ललितपुर तेक्वान्दो संघका अध्यक्ष तथा पुर्ब  अन्तर्राष्ट्रिय खेलाडी दिल महर्जन लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार