नेपाली आईटीएफ टोली हैदराबाद प्रस्थान

18.1k Shares

काठमाडौँ । सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ । नेपाली टोलीमा १४ जना खेलाडी र अन्य खेल पदाधिकारी रहेका छन् । 

खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सन्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थापामगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङ रहेका छन् ।

नेपाली टोलीको प्रशिक्षकमा ईश्वर थापामगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ रहेका छन् । प्रतियोगितामा अञ्जन धमला, अन्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, राजेश बोलाखे, तुलसी थापामगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्नेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए । प्रतियोगिता अगस्ट ४ देखि ६ तारिखसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार