भोलि आमहड्ताल गर्दै प्रचण्ड–नेपाल समूह

16.9k Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्ताल गर्ने भएको छ ।
संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आमहड्ताल गर्ने तयारी गरिएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।
संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै आज बिहान पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । सरकारले गएको मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको उक्त समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल गर्न लागेको हो । प्रचण्ड–नेपाल समूहले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छ ।

सम्बन्धित समाचार