सम्सी नाकाबाट सशस्त्र प्रहरीको मिलेमतामो व्यापक तस्करी, चेक पोष्टको इट्टामुनी भेटिन्छ कमिसनको रकम

17.7k Shares

महोत्तरी । महोत्तरीको सम्सी नाकाबाट सशस्त्र प्रहरी कर्माचारीहरुको मिलेमतोमा व्यापक तस्करी हुने गरेको पाईएको छ । महोत्तरीको सम्सी नाकाबाट तस्करी बढेको उजुरी प्रतिवेदन बाहिनीमा पुग्नुका साथै बिओपीको चेक पोस्टमा ईट्टाले छोपेर राखिएको पैसा फेला परेपछि सशस्त्र प्रहरी कर्माचारीहरुको मिलेमतोमा व्यापक तस्करी हुने गरेको रहस्य बाहिरिएको हो ।

सशस्त्र प्रहरी बल सिमा सुरक्षा (बिओपी) सम्सीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक हिमालय देव सुवेदी सई हुँदा लामो समय महोतरी मै घुमुवा बसेका र सशस्त्र प्रहरी निरिक्षक भए पछि सुवेदी फेरि महोत्तरी कै चर्चित सिमानाका सम्सी प्रमुख भएर गएका हुन । जसबाट पनि पुरानै सेटिङमा सो नाकाबाट व्यापक मात्रामा तस्करी हुने गरेको सहजै आंकलन गर्न सकिन्छ । सो नाकाबाट भारततर्फ ठूलो मात्रामा गोरुका साथै लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनी लगायतका किरानाका सामान र खसीबोकासमेत तस्करी हुँदै आएको व्यापारीहरु नै बताउछन् । महोत्तरीको सो नाकाबाट भित्रिएको मालसमानहरु महोतरीको गौसाल, बर्दिवासका साथै जनकपुर र सिन्धुलीसम्म पुग्ने गरेको समेत व्यापारीहरुले बताए ।

सशस्त्र प्रहरीको सेटिङ्गमा महोतरीको सम्सीको सो नाकाबाट रातदिन तस्करी भईरहेको छ । सम्सीको आलावा मठियानी, भिठामोड, रघुनाथपुर, खैरबनी, इटहर्वा लगायतका नाकाहरुबाट व्यापक मात्रामा तस्करी भई रहँदा समेत जिल्लाका सुरक्षा संयन्त्रहरु मौन देखिनुले उनीहरुको मिलेमतोमा तस्करी हुने गरेको स्पष्ट छ । यी सिमा नाकाहरुबाट सानातिना व्यापारीहरुले दिउँसै समान ओसार पसार गर्छन् भने ठुला व्यापारीहरुले रातभरी लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, सुर्तीजन्य पदार्थ, तेल, चिनी, मरिच-छोकडा र मटर दाना लगायतका किरानाका सामान र खसीबोकासमेत तस्करी गर्ने गरेका पाइएको छ ।

अहिले नेपालबाट मद्यिरा,स्याउ,तुथ पेस्ट,कस्मेटिकका सामाग्रीहरु लगायतका समानहरु भारत पठाउने गरिएको छ ।महोत्तरीका प्रमुख तस्करहरु महेश यादब, गाइबला मियाँ, संजिव, सपना सिंह, रञ्जित यादब,जानीपुर बाली, रघु, मिठुर, राजेश गुप्ता लगायत तीन दर्जन भन्दा बढि साना ठुला ब्यापारीहरुलाई सशस्त्र प्रहरी कर्माचारीहरुको लाईन दिएका छन् ।

तर यता शसस्त्र प्रहरी निरिक्षक एवम बिओपी सम्सीका बिओपी पति सुवेदीले आफुले कुनै प्रकारको कमिसन नलिएको र आफ्ना कुनै कर्माचारीहरुले यस्तो कार्य गरेमा कडा कारबाही गर्ने बताए ।

मठियानी नाकाबाट सुजित साह, अमरेश यादब, नसिवा ,बालाजी, अलि हसन लहेरी, दिनेश यादब, प्रमोद साहसंगै दुई दर्जन व्यापारीहरु लत्ताकपडा, इलेक्ट्रोनिक्स समानहरु, सुर्ति, किराना, भाडा बर्तन, मलखाद, मटर-मरिच र मटर दानाको व्यापक रुपमा तस्करी हुने गरेको छ । त्यस्तै नेपालबाट घरेलु तथा सिल प्याक मद्यिरा, स्याउ, तुथपेस्ट, कस्मेटिकका सामाग्रीहरु लगायतका समानहरु भारत पठाउने गरेको पाइएको छ । व्यापारीहरुका अनुसार सशस्त्र प्रहरी कर्माचारीहरुले चोक पोष्टमा छुट्टै र सशस्त्र प्रहरी निरिक्षक सुवेदीले मासिक रुपमा छुट्टै कमिसन लिने गरेका छन् । एक व्यापारीका अनुसार सिमामा डिउटीमा रहेका सशस्त्र प्रहरी कर्माचारीहरुले २०-५० र १०० लिने गरेका छन् ।सशस्त्र प्रहरी निरिक्षक सुवेदीले मासिक तीन हजार देखि १० हजार सम्म कमिसन असुल्ने गरेका व्यापारीहरुको भनाई छ ।तर यता सशस्त्र प्रहरी निरिक्षक एवम बिओपी सम्सीका बिओपी पति सुवेदीले आफुले कुनै प्रकारको कमिसन नलिएको र आफ्ना कुनै कार्य गरेमा कडा कार्बाही गर्ने बताए ।

सम्बन्धित समाचार