18.7k
Shares
कञ्चनपुर, ४ असार । कञ्चनपुरमा लागुऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्लाको बेदकोट नगरपालिका–६ का सन्तोष विष्टलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो । विष्टलाई कञ्चनपुर जिल्ला अदालतले २०७८ चैत्र ३० गते लागुऔषध मुद्धामा ४ वर्ष ९ महिना १३ दिन कैद र ५ हजार जरिवाना तोकेको थियो ।
उनलाई बिहीबार सजाय भुक्तानका लागि जिल्ला अदालतले कारागार चलान गरेको प्रहरीले जनाएको छ ।