राष्ट्रघाती निर्णयलाई जनता र अदालतले किन मान्ने ?

18.3k Shares

विराटनगर  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय राष्ट्रघाती भएको बताएका छन् । “मेरो राजनीतिक निर्णय भन्नु हुन्छ केपी ओली । यो राजनीतिक निर्णय राष्ट्रलाई जोगाउन हो की ध्वस्त पार्न हो मेरो प्रश्न यहीँ छ ?”, विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “राष्ट्रघाती निर्णयलाई जनता र अदालतले किन मान्ने ?” 
संविधानलाई भत्काउन नपाइने उनको भनाइ छ । नेपाललाई अफगानिस्तानतर्फ लैजान खोजेको उनको आरोप छ । 
कांग्रेस सरकारमा नजाने उनले स्पष्ट पारे । कांग्रेसले संसद विघटन अलोकतान्त्रिक, प्रतिगामी, असंवैधानिक र सर्वसत्ताबादतिर जान लाग्यो भन्ने कांग्रेसको निर्णय भएकाले सरकारमा जानेबारे कोही व्यक्ति विशेषले दायाँबायाँ गर्न नपाउने बताए । 
“कार्यकारिणी अधिकार प्रयोग गरेर आफूले संविधान विघटन गरेको भन्दै प्रधानमन्त्री मुद्दा खारेज गर्न अदालतलाई ओदेश दिँदै हुनुहुन्छ । यो  भनेको के हो ? हामीले यसकै लागि ७० वर्ष लडेर संविधान बनाएको हो ?,” वरिष्ठ नेता पौडेलले भने । 

सम्बन्धित समाचार