राप्रपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

17k Shares

काठमाडौं, ३१ असार । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । 


मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै राप्रपा र रास्वपाका सांसदहरुले रोष्ट्रम गर्दै नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले आइतबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् । 
 

सम्बन्धित समाचार