सत्ता र प्रतिपक्षी सांसदले लम्पी स्किन रोगको महामारीबारे सरकार ध्यानाकर्षण गराए

18.8k Shares

काठमाडौं, २९ असार । पशुचौपायमा देखिएको लम्पी स्किन रोगबारे सरकारको ध्यानाकर्षण गराइएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी सांसदले लम्पी स्किन रोगबाट पशुचौपायको मृत्यु भएको र यसबाट किसानलाई आहत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 


प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरी र सत्तापक्ष कांग्रेस रामहरी खतिवडाले लम्पी स्किन रोगको महामारी नियन्त्रण गर्न र किसानलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । लम्की स्किन रोग नियन्त्रणका लागि बजेट छुट्याएर तत्काल काम गर्न र पीडित किसानलाई राहत उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् । 
 

सम्बन्धित समाचार