राज्यले खेलकुद क्षेत्रलाई कञ्जुस्याई नगरी लगानी गर्ने हो भने नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा चम्काउन सहजै सकिने तेक्वान्दो खेलका स्वयम् सेवक प्रशिक्षक, राष्ट्रिय निर्णाय चौथो डान गौरव रजक बताउँछन् ।
काठमाडौंको लैनचौर डोजाङबाट २०५९ सालबाट तेक्वान्दो खेल्न सुरु गरेका रजकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको तर्फबाट सहभागिता जनाई थुप्रै पदकहरु हासिल गरिसकेका छन् । रजकले थाइल्याण्डको बैंककमा आयोजित चौंथो हिरो अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरी स्वर्णपदक ल्याउन सफल बनेका थिए । त्यसलगत्तै पाँचौं हिरो अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाई उत्कृष्ट खेल प्रस्तुत गर्दागर्दै पनि रजत पदकमा चित्त बुझाउन परेको थियो रजकले । त्यस्तै इन्डियाको नयाँ दिल्लीमा आयोजित एमके क्लासिक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाई रजकले नेपालको तर्फबाट स्वर्णपदक ल्याई नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउने काम गरेका थिए ।
रजकले अन्तर्राष्ट्रियस्तरलगायत राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागिता जनाई थुप्रै पदकहरु हासिल गर्न सफल बनिसकेका रजक अहिले लैनचौर डोजाङमा स्वयम् सेवक प्रशिक्षकको रुपमा तेक्वान्दो खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन् । रजक नेपाल तेक्वान्दो संघ काठमाडौं जिल्लाको कार्य समितिको सदस्य समेत रहेका छन् ।
बिगतमा भन्दा पछिल्लो समय नेपालमा पनि खेलकुद क्षेत्रमा लागेर केही गर्न सक्ने वातावरण बन्दै गइरहेको रजक बताउँछन् । खेलकुदलाई पछिल्लो समय नेपालमा राम्ररी बुझ्ने कार्य भइरहेको छ । खेलकुदलाई प्रायः स्कुलहरुले अनिवार्य जस्तै गरेका कारण पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिए वापत खेलाडीहरुले पारिश्रमिक लिई आफ्नो दैनिक जीवनयापददेखि आफ्नो परिवारको उच्च शिक्षा दिन सक्ने स्थिति बन्दै गइरहेको छ ।
राज्यले खेलकुद क्षेत्र र राम्रो खेलाडी उत्पाखदनको लागि योजनाबद्धरुपमा राष्ट्रले लगानी गर्नुपर्छ । खेलाडीको प्रशिक्षण, डाइटिङ, दैनिक जिवनयापनको लागि भत्ता, स्वास्थ्य बिमा, खेलाडीको भविष्य सुनिश्चितलगायतका सुविधा राज्यले गराउने हो भने तेक्वान्दो खेलले नेपालको नाम विश्वसामु चिनाउन कुनै गाह्रो नहुने रजक बताउँछन् । खेलकुदबाट अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, जर्मन, घाना, कोरिया, चाइना, जापानलगायतका मुलुकको नाम विश्व सामु फैलाउन खेलकुदबाटै भएको हो । त्यसैले खेलकुदको लागि राज्यले खेलाडी उत्पादन गर्दा चाहिने सम्पूर्ण सुविधा, भविष्य सुनिश्चितता हुने वातावरण गराई दिएको खण्डमा नेपालले विश्वसामु आफ्नो देशको नाम फैलाउन खेलकुदबाटै सम्भव भएको रजक बताउँछन् ।
विगतमा नेपालका राम्रा खेलाडीहरु विदेश पलायन हुनुको मुख्य कारण भनेको खेलाडीहरुले आफ्नो र परिवारको भविष्य नदेखेकै कारणले पनि विदेशिन बाध्य भएका हुन् । तर, पछिल्लो समय खेलकुदमा लागेर केही गर्न सक्ने अवस्था विस्तारै बन्दै गइरहेको छ, त्यसैले पछिल्लो समय खेलाडीहरु विदेशिने क्रम कम हुँदै गइरहेको रजकको भनाई रहेको छ ।
रजक तेक्वान्दो खेललाई कसरी विकास, विस्तार र सक्षम खेलाडी उत्पादन गर्नको लागि हरदम मेहनत गर्दै आइरहेका छन् । तेक्वान्दो खेलको विकासका र सक्षम खेलाडी उत्पादनका लागि हरदम लागिरहेको रजक सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय बन्दै आइरहेका छन् । हाल रजक सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा युवा तथा बालबालिकालाई लागूऔषध दुव्र्यसनीको लतबाट टाढा राख्नको निम्ति प्रशिक्षण विभिन्न तालिम र कार्यक्रमहरु आयोजना गरी त्यस्ता युवा तथा बालबालिकालाई जनचेतनामूकल सन्देश दिने कार्य गरी असल नागरिक बनाउन पनि महत्वपूर्ण योगदान गर्दै आइरहेका छन् ।
त्यस्तै रजक नेपाल स्काउटका शिक्षक पनि हुन् । उनले विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई स्काउट तालिम दिँदै आइरहेका छन् । रजकले मुलुकमा पर्ने दैविक विपत्ति तथा प्रकोपको समयमा सरकारसँग सहकार्य गरी सेवा प्रदान दिँदै आइरहेका छन् ।