विद्युत् प्रसारण लाइन र सबस्टेसनका निर्माण गर्न जग्गा प्रदान गर्न स्वीकृति दिने सरकारको निर्णय

21k Shares

काठमाडौं, २१ असार । सरकारले एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन र सबस्टेसनका लागि जग्गा प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

उक्त बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले एमसीए–नेपालले निर्माण गर्ने विद्युत् प्रशारण लाइन तथा सबस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का जिल्लाका जग्गा प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिइन् । 

 

सम्बन्धित समाचार