मुलुकी संहितासम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित

20.7k Shares

काठमाडौं, १५ असार । राष्ट्रिय सभाबाट मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पारित भएको छ । 


शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ लाई पारित गरेको हो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । 
 

सम्बन्धित समाचार