नेपाल भारत–बिश्व मैत्री संघको प्रथम राष्ट्रिय महाधिवेशन सप्पन्न, अध्यक्षमा बज्राचार्य र उपाध्यक्षमा विश्व क्रान्ति निर्वाचित

16.9k Shares

काठमाडौं । नेपाल भारत– बिश्व मैत्री संघ एनआईडब्लुएफएको बुधबार काठमाडौंमा प्रथम राष्ट्रिय महाधिवेशन सप्पन्न भएको छ ।
सो महाधिवेशनको प्रमुख अथिति नेपाली काँग्रेसकि सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को उपस्थितिमा सम्पन्न उक्त अधिबेशनले अध्यक्ष ज्योति रत्न बज्राचार्य निर्वाचित भएका छन् ।
यसैगगरी, सह—अध्यक्षमा जनकराज पराजुलि, बरिष्ठ उपाध्यक्षमा युबराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुर्दशन अधिकारी, महिला उपाध्यक्ष राधादेबि पराजुली (भण्डारी), जनजाति उपाध्यक्षमा ज्योति राज राई र उपाध्यक्षहरुमा सिताराम पोखरेल, बिश्व क्रान्ति सिंह, पुष्कर जंगम निर्वाचित भएका छन् ।
यस्तै, महासचिबमा किरण राज रेग्मी, सह—महासचिवमा श्यामकुमार थापा, सह—सचिबमा राजेन्द्र प्रसाद शर्मा ढकाल, कोषाध्यक्षमा प्रबिन मैनालि, सदस्यहरुमा श्रीदेब भट्टराई (भेष कुमार), साजन घिमिरे, नानिराम सुवेदी, दिब्या प्रभा शाही, अनिल श्रेष्ठ, निरज कार्की, टंक क्षेत्री, नारायण प्रसाद तण्डुकार, बिनोद महत, रेखा रेग्मी, अन्नत प्रसाद पौडेल, सुनिल कुमार दाहाल, ईश्वर लुईटेल निर्बिरोध निर्वाचित भएका थिए ।
कार्यक्रममा बागमती प्रदेश काठमाडौ क्षेत्र न १ का प्रदेश सदस्य माननिय सुरजचन्द लामिछानेलगायत कृषि बिज्ञ तथा प्रा. डा. मोहन प्रसाद पन्थि, अधिबक्ता बिक्रम बहादुर कुबर, संविधान सभा सदस्य हरिचन्द्र शाह, नेपाल आमा सेबाका अध्यक्ष देबि सुवेदी, अन्तर्राष्ट्रिय मगर संघकी उपाध्यक्ष गंगा थापा, नेपाल घर जग्गा तथा आवास ब्यवसाय संघका राष्ट्रिय महासचिव ध्रुब घिमिरे, ललितपुर उधोग बाणिज्य महासघका बरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, मकवानपुरे सेबा समाजका अध्यक्ष अरुण गुरुङ, मानव अधिकार संरक्षक नेपालका अध्यक्ष अनुप राजथलालगायत समाजसेवीहरु र एनआईडब्लुएफएका आजिबन सदस्यहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय अधिबेशनले प्रमुख संरक्षकमा यस सस्थाका सस्थापक अध्यक्ष पुर्ब सासद तथा ईन्जिनियर कर्णेल हेम बहादुर कार्कीलाई चयन गरेको छ ।

सम्बन्धित समाचार