कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

23.6k Shares

विराटनगर, ३१ जेठ । कोशी प्रदेश सरकारले कृषि क्षेत्रमा केही नयाँ कार्यक्रम ल्याउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा सानो लगानीबाट स्वरोजगार हुन चाहने युवाहरूलाई लक्षित कार्यक्रम रहने उल्लेख छ ।

जसमा तरकारी, च्याउ, मह, पशुपालन आदि व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा तथा सहयोग उपलब्ध गराइने, कृषि वस्तु उत्पादन, भण्डारण, आपूर्ति, गुणस्तर नियमन जस्ता कार्यलाई व्यवस्थित गर्दै लगिने, स्थानीय तहसँगको सहकार्यमा शीतभण्डार निर्माण तथा सञ्चालनमा सहकार्य गरिने, ‘एक स्थानीय तह एक उत्पादन कार्यक्रम’ लाई व्यवस्थित गर्दै लगिने उल्लेख छ ।

सम्बन्धित समाचार