17.4k
Shares
काठमाडौं, बैशाख १६ । कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूमा भर्ना गरिएको छ । अक्सिनजको मात्र कम देखिएपछि उनलाई आईसीयूमा सारिएको नर्भिक अस्पतालले जनाएको छ ।
'उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन', नर्भिक अस्पतालले भनेको छ । अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उनी अहिले पनि अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन् । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको जनाइएको छ ।