‘सुमेरु हस्पिटललाई भविष्यमा नम्बर वान ट्रान्सप्लान्ट सेन्टर बनाउने सोच छ’

17.9k Shares

कलैया, बारा निवासी डा. वैष अन्सारी युरोलोजिस्ट र ट्रान्सप्लान्ट सर्जनका रुपमा करिब दुई वर्ष अगाडि धापाखेस्थित सुमेरु अस्पतालमा कार्यरत छन् । डा. अन्सारील सन् २०११ मा पाकिस्तानबाट एमबीबीएस गरेर फेरि २०१८ मा पाकिस्तानबाटै एमएस युरोलोजिस्ट सकेर थप २०१८ मै ट्रान्सप्लान्टको तालिमसमेत लिएका थिए । त्यसपछि नेपाल आएलगत्तै धापाखेलस्थित सुमेरु अस्पतालमा कार्यरत ट्रान्सप्लान्ट र युरोलोजी डा. अन्सारीसँग खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः 
० किड्नीका पत्थरी हुनुको कारण के होला ?
सबैभन्दा पहिलो कुरा भनेको खानपिन नमिलेको कारण खिड्नीमा पत्थरी जम्ने समस्या उत्पन्न हुन्छ । 
० कस्ता खानपिनले गर्दा किड्नीमा पत्थरी जम्ने गर्छ ?
पानीको मात्रा कम भएमा, पानी दैनिकरुपमा कम्तिमा पनि ३ लिटर खानुपर्ने हुन्छ ९ऋष्चअबमष्बल, ध्बतभच म्चष्लपष्लन०, दैनिक खानामा नुनको धेरै प्रयोग भएमा माछामासु शरीरलाई चाहिने भन्दा बढी खाएमा, एचयअभककभम ७ व्गलपाययमक को प्रयोग  गरेको खण्डमा किड्नीमा पत्थरी जम्ने सम्भावना बढी हुन्छ । 
० किड्नी स्वस्थ राख्न कस्ता गतिविधि गर्नुपर्छ ?
दैनिक कम्तिमा ३ किलोमिटर वाकिङ गर्ने, खाना खाएर कम्तिमा पाँच मिनेट वाक गर्ने, खाना खाँदाखेरि पानीको बढी प्रयोग गर्ने, दैनिक कम्तिमा ८ घन्टा सुत्ने गर्नु पर्छ र दैनिक जीवनमा अनावश्यक तनावबाट मुक्त हुने गरेमा पनि किड्नी स्वस्थ राख्न सकिन्छ ।
० किड्नीमा कस्ता—कस्ता पत्थरी हुने गर्छ ?
ऋबअिष्गm इहबबितभ क्तयलभ ९ढण्५०
ऋबअिष्गm एजयकउजबतभ क्तयलभ
क्तचगखष्तभ क्तयलभ
ग्चष्अ क्तयलभ
ऋथकतष्लभ क्तयलभ
क्ष्लमष्लबखष्च क्तयलभ
० सुमेरु अस्पतालमा किड्नीमा भएका कस्ता—कस्ता पत्थरीहरुको अप्रेशनहरु हुन्छन् ?
मिनी पीसीएनएल, सुपर मिनी पीसीएनएल, आरआईआरएस, युआरएसएल लेजर आदिको अप्रेशन गरिन्छ ।
० पिसाव इन्फेक्सनका कारण पनि पत्थरी जम्ने गर्छ ?
रिकरेन्ट युटीआईका कारण पिसाव थैलीलगायत किड्नीमा पनि पत्थरी जम्न सक्छ । 
० के कारणले पिसाव इन्फेक्सन हुन्छ ?
प्रोस्टेट ग्लान्डको हाइपरट्रफी, पत्थरी, रिफल्क्स डिजिजि, लामो समयसम्म पिसाव नलीमा पाइप रहेमा, पानीको मात्रा कम भएमा, सुगर, गर्भवती महिलालगायत इम्युनो कम्प्रोमाइज भएका विरामीमा पिसावको इन्फेक्सन हुने गर्छ । 
० पत्थरी जमेको कस्तो अवस्थामा तत्काल अप्रेशन गर्नुपर्छ ?
पत्थरीको कारण इन्फेक्सन भएमा, दुखाई बढेमा, पत्थरीका कारण किड्नी खराब हुने अवस्था आउन लागेमा तत्काल अप्रेशन गर्नुपर्छ ।
० प्रोस्टेट ग्लान्डको अप्रेशन कस्तो अवस्थामा गर्नुपर्छ ?
रिफ्राक्ट्री युरिन रिटेन्शन भएमा, रिकरेन्ट युटीआई, पिसाव थैलीमा पत्थरी जमेमा, किड्नी खराब हुन लागेमा, ब्ल्याडर डाइभरटिकुलम डेभलप भएमा, पिसावमा रगत आउन थालेमा तत्काल अप्रेशन गर्नुपर्ने हुन्छ ।
० सुमेरु अस्पतालमा प्रोस्टेट ग्लान्डका कस्ता—कस्ता अप्रेशनहरु हुन्छन् ?
नेपालमा भएका सुविधा सम्पन्न अस्पतालहरुमा जस्तै सुमेरु अस्पतालमा पनि टीयुआरपी, टीयुभिओपी, टीभीपीलगायतका अप्रेशनहरु हुन्छन् ।
० सुमेरु अस्पताललाई किड्नी ट्रान्सप्लान्टको सेन्टर बनाउन के गर्नुपर्ला ?
नेपालभरि जति पनि सुविधा सम्पन्न प्राइभेट अस्पतालहरु भए पनि ती अस्पतालहरुमा सहजरुपमा किड्नी ट्रान्स्प्लान्टको सुविधा विरलै छ । तर, सुमेरु अस्पतालमा नेपाल सरकारले दिएको अधिकारमा बसेर जुनसुकै बेला पनि किड्नी ट्रान्सप्लान्ट गर्ने सुविधा छ । सुमेरु अस्पतालमा किड्नी ट्रान्सप्लान्टका लागि चाहिने उपकरणदेखि जनशक्ति पर्याप्त रुपमा छ । हामीहरुले पाँच जनालाई सफल किड्नी ट्रान्सप्लान्ट गरिसकेका छा्रैं । सुमेरु अस्पताललाई एक नम्बरको किड्नी ट्रान्सप्लान्ट सेन्टर अस्पताल बनाउने मेरो सोच रहेको छ ।
मृगौलामा पत्थरी भएको कसरी थाहा पाउन सकिन्छ ?
पटक—पटक पिसाब अउने र यो क्रम रातमा बढी भएमा, पेटको तल्लो भागमा पीडा तथा जलन भएमा, पिसाब फेरेको बेला जलन वा पीडा भएमा,  पिसाब रोक्न गाह्रो भएमा पत्थरी भएको अनुमान लगाउन सकिन्छ । 
० कस्ता व्यक्तिलाई पत्थरी हुनसक्छ ?
पाको व्यक्तिमा जसलाई प्रोस्टेटको समस्या छ, जसको उमेर ८० बर्षभन्दा बढी भएको छ, त्यस्तो पुरुष जसले बढी जंक फूड र फास्ट फूड सेवन गर्छ, जो व्यक्ति जसले पानी कम पिउँछन्, जसको डाइटमा पोषणको कमी छ, परीक्षणबाट सो कुरा सहि निस्किएमा औषधीको माध्यामबाट पनि यसको उपचार खोजिन्छ । औषधीले पत्थरीलाई टुक्रा टुक्रा बनाएर पिसाबको माध्याबाट बाहिर निकाल्छ । यदि औषधीले संभव भएन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
पत्थरी हुन नदिने उपायहरु के होलान् ?
पानी प्रसस्त पिउने। एक दिनमा दुई लिटर पिसाब बन्नेगरी आवश्यक मात्रामा पानी पिउने गरेको खण्डमा मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्छ । यदि, हामी धेरै गर्मी ठाउँमा बस्छौँ वा धेरै पसिना बग्ने कठिन काम गर्छौं भने अझ बढी पानी पिउनुपर्ने हुन्छ । मासु कम खाने । सागसब्जी धेरै खाने । मासु धेरै खाने व्यक्तिमा पत्थरी हुने सम्भावना बढी हुन्छ । विशेष गरी, रातो मासु कम खानु वुद्धिमानी हुन्छ । नुन कम खाने । नुनिलो खाने कुरा, जंकफुड, प्रशोधित खाने कुरा र धेरै मात्रामा अचार नखाने । क्याल्सियम भएको खाने कुराले पत्थरी बनाउने होइन । तर, प्राकृतिक रुपमा (पशु र वनस्पतिमा हुने) क्याल्सियम खानु राम्रो हुन्छ । दूध वा दुधजन्य खानेकुरा प्रतिदिन पाँच सय मिलिलिटरसम्म खान सकिन्छ । क्याल्सियम चक्की खानुपरेका खण्डमा खालि पेटमा खानु हुँदैन । अक्जालेटयुक्त खानेकुरा सकेसम्म कम खाने । पालुंगो साग, सखरखण्ड, काउली, चकलेट, कफी, कालो चिया, बियर, स्ट्रबेरी जस्ता खानेकुरामा अक्जालेटको मात्रा बढी हुन्छ ।
कस्तो उमेरसमूहलाई पत्थरी हुनसक्छ ?
जुनसुकै उमेरसमूहका व्यक्तिलाई पनि मिर्गौलामा पत्थरी हुन सक्छ । विशेषगरी पुरुषको तुलनामा कमै मात्रामा महिलालाई मिर्गौलाको पत्थरी हुने गर्छ । दुईजना पुरुष बराबर एकजना महिलालाई मिर्गौलाको पत्थरी देखिने गर्छ । मिर्गौलाको पत्थरी २० देखि ४० वर्ष उमेरसमूहमा हुन सक्ने बढी सम्भावना रहन्छ । ४० वर्षसम्म मिर्गौलामा पत्थरी नभएमा दीर्घकालीन रूपमा नहुन सक्छ ।
० मिर्गौलाको पत्थरीको निदान कसरी गरिन्छ ?
मिर्गौलामा पत्थरी भए नभएको हेर्न पेटको भिडियो एक्सरे गर्नुपर्छ । भिडियो एक्सरे गरेर पाँच मिलिमिटर माथिको स्टोन राम्रोसँग देख्न सकिन्छ र मिर्गौलामा परेको असर राम्रोसँग पहिचान हुन्छ । मिर्गौलामा पत्थरी भए, नभएको हेर्न सामान्य एक्सरे केयुवी गर्न सकिन्छ जसमा ९० प्रतिशत पत्थरी भए नभएको थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा इन्जेक्सन लगाएर आईभीयू एक्सरे गरेर पत्थरीले मिर्गौलालाई पारेको असर र यसलाई झिक्नुपर्ने आवश्यकता थाहा पाइन्छ । तर सिटीस्क्यान गरेमा मिर्गौलामा पत्थरी भए नभएको शतप्रतिशत पहिचान हुन्छ । नेपालका धेरै ठाउँमा यस किसिमको सुविधा छ । यसबाट मिर्गौलाको पत्थरीले कति असर गरेको छ भन्ने कुरा सजिलै पहिचान गर्न सकिन्छ । विकसित मुलुकहरूमा पत्थरीको शंका गरिएका व्यक्तिलाई तत्काल सिटी स्क्यान गर्न लगाइन्छ । यसले ऐनाजस्तै छर्लंग पारिदिन्छ । रङ हालेर र नहालेर दुई तरिकाले सिटी स्क्यान गरिन्छ । 
शल्यक्रियापछि पत्थरी बल्झिने सम्भावना कतिको हुन्छ ?
एक पटक पत्थरी भइसकेको व्यक्तिलाई पाँच वर्षपछि फेरि आउन सक्ने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले पानी धेरै पिउने, नियमित अल्ट्रासाउन्ड गर्ने आदि गर्नुपर्छ । शरीरभित्रको केमिकल मेटाबोलिजम र केमिकल रियाक्सनका कारण एकपटक डाइग्नोसिस भएपछि पाँच वर्षमा आउन सक्ने ५० प्रतिशत सम्भावना हुन्छ । त्यसैले मिर्गौलामा पत्थरी भएकाहरूलाई कुनै समस्या नभएमा वेट एन्ड वाच गर्न सकिन्छ । तर बीचबीचमा हरेक ६ महिनामा एउटा भिडियो एक्सरे गर्न जरुरी छ । यसबाट मिर्गौलालाई असर गरे नगरेको थाहा हुन्छ ।
० कसरी बन्छ पत्थरी ?
उमेरको आधारमा सामान्यतया सबै उमेरको व्यक्तिलाई पत्थरी हुन्छ । तर उमेर ढल्किदै जाँदा पत्थरी हुने बढी सम्भावना हुन्छ । महिलामा पाठेघर झरेर पिसाबको थैलीलाई थुनिदिन्छ जुन कुराले पत्थरीको रुप लिन्छ । यो विशेषत पाठेघर झरेको महिलामा बढी समस्या देखिन्छ । पुरुषको प्रोष्टेट ग्ल्याण्ड बढेर पिसाब थुनिदिन्छ । जहाँ पिसाबको फ्लो रोकावट भयो त्यहाँ पिसाब रोकेर त्यहाँ भएको फोहोर पदार्थले पत्थरको रुप लिन्छ । पत्थर मृगौलाको किड्नीमा,पिसाबको नलीमा र पिसाबको थैलीमा बन्छ । पिसाबमा रोकावट भयो भने मात्रै पिसाब थैलीमा पत्थरी बन्छ । सामान्यतया पत्थरी देखिने भनेको किड्नीमा हो । किड्नीमा भएको पत्थरी पिसाबमा रगत आउने र दुख्ने हुन्छ । सात मिलिमिटरसम्मको पत्थर पिसावनलीको दायरामा छ भने झर्न सम्भावना धेरै हुन्छ । 
 

सम्बन्धित समाचार