प्यूठान कार दुर्घटना : ८ जना गम्भीर घाइते

17.7k Shares

काठमाडाैं, २९ जेठ ।  प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्  । सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो । लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा कारमा सवार २ पुरुष, २ महिला र ४ जना बालबालिका सहित ८ जना गम्भीर घाइते भएको  इलाका प्रहरी कार्यालय भिग्रीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुवास खड्काका अनुसार दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई अस्पताल लैजाने काम भइरहेको छ । 

सम्बन्धित समाचार